बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

माछापुच्छे बैंक द्धारा विभिन्न बिद्यालयहरुलाई सहयोग

सोमबार, पुष १८ २०७३

माछापुच्छे बैंक लिमिटेड, धनकुटा शाखाले श्री मार्गेश्वरी प्राथामिक बिद्यालय, चारगाउ धनकुटाका फरक क्षमता भएका बालबालिकाहरुका लागि लत्ताकपडा तथा स्टेसनरी सामाग्रीहरु वितरण गरेको छ 
त्यसैगरी , माछापुच्छे बैंक लिमिटेड पोखरा शाखाले पोखरा –१२ ढिकालेथर स्थित सरस्वती आधारभूत बिद्यालयलाई डेस्क तथा बेन्च हस्तान्तरण गरेको छ । 
बैकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत गरीब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई उक्त सामाग्रीहरु प्रदान गरेको हो । 
बैकले हरेक महिना एक सामाजिक उत्तरदायित्व भन्ने मूल नारा लिई देशभरका विभिन्न शाखाहरु मार्फत सामाजिक उत्तरदायित्व अन्र्तगतका कार्यहरु गरीरहेको बताएको छ ।