काठमाडौ पुस १२
सेञ्चुरी कमर्सियल बैंकले धितोपत्र दरखास्त संकलन कार्य (आस्वा) गर्नको लागि श्री नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । सेञ्चुरी बैंकले धितोपत्र निष्कासन हुंदाका बखत लगानीकर्ताबाट दरखास्त बुझि लगानीकर्ताहरुको खातामा रकम होल्ड गरी दरखास्त लिनेछ । उक्त कार्य २०७३ माघ १ गते देखी लागुहुनेछ । आ.व. २०७३÷७४ को असोज मसान्त सम्म यस बैंकले कुल निक्षेप रु.३१.६८ अर्व र कर्जा रकम रु. २७.६० अर्व परिचालन गरी १२ करोड ३१ लाख रुपैयाँसञ्चालन मुनाफा र सात करोड ४३ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
२०६७ फाल्गुण २६ गते काठमाण्डौंको पुतलीसडकस्थित प्रधान कार्यालयबाट ३१ औं वाणिज्य बैंकको रुपमा बैंकिङ्ग कारोवार सुरु गरेको यस बैंकले हालसम्ममा ३१ वटा शाखा, २९ वटा ए.टी.एम्, १३ वटा शाखारहित बैंकिङ्ग र ३ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।