बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सिटिजन्स बैकले खोल्यो, भैसीपाटीमा एटिएम

बिहिबार, पुष ७ २०७३

काठमाडौ पुस ७ 
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ललितपुर स्थित आफ्नो भैंसेपाटी शाखाबाट ए.टि.एम सेवा सञ्चालनमा ल्याएको छ ।  उल्लेखित ए.टि.एम. सेवा विस्तार पछि बैंकको कुल ए.टि.एम. संख्या ५३ पुगेको छ । 
बैंकले आफ्नो ५८ वटा शाखा र ७२ वटा शाखारहित आधुनिक बैकिङ्ग सेवाबाट करिब चार लाख १७ हजार ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हाल बैंकको उपत्यका भित्र २७ वटा तथा उपत्यका बाहिर २६ वटा ए.टि.एम. सञ्चालनमा रहेको छ ।