काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् कृषि उधम तथा अनुसन्धान केन्द्रका सभापति अरुणराज सुमार्गीले बाहिर हल्ला गरे जस्तो नेपालमा आर्थिक संकट नभएको बताएका छन् । कहीँ सिमित व्यक्ति र समुहको स्वार्थको लागी देश टाट पल्टियो भनेर अनावाश्यक हल्ला मात्र फैंलाएको सुमार्गीले बताए ।
नेपाललाई सम्बृद्द बनाउन कृषि उत्पादनलाई जोड दिने र उधोगमार्फत आयातमा कम गरी निर्यातमा जोड दिन आवश्यक रहेको बताउदै नेपालमा कृषि क्रान्तिको आवश्यक रहेको बताए । देश आर्थिक रुपमा बलियो बनाउन कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने उनको जिकिर छ । पारिवारिक तथा व्यवसायिक भ्रमणको क्रममा युएईमा पुगेका सुमार्गीले दुबई स्थीत एनआरएनए एनसिसि युनाईटेड अरब ईमिरेट्सका प्रतिनिधिसितको भेटमा अब स्वदेशमा नैं रोजगारको सिर्जना हुने आश्वासन दिएका छन् ।

कृषि क्षेत्रमा भएका सम्भावना र योजनाहरु बारे प्रष्ट पार्दै सुमार्गीले केही बर्षमै नेपाल कृषिमा आत्मनिर्भर हुने बताए । नेपाली उत्पादन अब विश्वबजारमा पुग्ने र उपभोग गर्न पाइने सुमार्गीले बताए ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघ महिला उद्यम विकास सभापति अङ्किता सुमार्गीले दुबईमा रहेका महिला कामदारको सुरक्षाको विषयमा चिन्ता र चासो व्यक्त गरिन । कामदारको रुपमा विदेश आउने महिलाहरुलाई अन्यायमा पर्न नदिन उनले सम्बन्धित सरोकारवालाहरुलाई आग्रह गरेकी छन् । अब नेपालमा नैं महिलाहरु उद्यममा लाग्नुपर्नेमा पनि उनले जोड दिएकी छन् ।
कार्यक्रममा एनआरएनए एनसिसि युनाईटेड अरब ईमिरेट्सका नवनिर्वाचित अध्यक्ष ठाकुर ढुंगानाले व्यवसायिक रुपमा सफल सुमार्गी परिवारले देशमा नैं युवाहरुको लागी रोजगारी सिर्जना गर्न आग्रह गरे । उनले नेपालमा जग्गा बाझो राखेर युवाहरु विदेश पलायन हुनु रहर नभएर बाध्यता भएको बताउदै, प्रवासमा रहेका नेपालीहरुको हकहितको लागी निरन्तर लागिपर्ने प्रतिवद्धता व्यक्त गर्दै अध्यक्ष ढुंगानाले नेपाललाई समृद्ध बनाउन गैरआवासिय नेपालीहरुले योगदान पुर्याउने पनि बताए ।

कार्यक्रममा एनआरएनएका मध्यपुर्व संयोजक मनोज गोर्खाली, एनआरएनए एनसिसि युनाईटेड अरब ईमिरेट्सका बरिष्ठ उपाध्यक्ष पासाङ शेर्पा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, युएई शाखा अध्यक्ष लक्ष्मण खनाल, नेपाली समाजका अध्यक्ष गोविन्द ढकाल, संस्थापक सिबि सापकोटा, नेपाली जन प्रगतिशील मन्च युईका अध्यक्ष बाबुराम विश्वकर्मा, महासचिव दामोदर ठगुन्ना, बिजनेश काउन्सिलका कोषाध्यक्ष एकेन्द्र थापा, प्रवासी नेपाली मन्चका अध्यक्ष बाबुराम सापकोटा, जनसम्पर्क समिती युएईका तुलसी भुसाल, प्रवासी नेपाली एकता समाजका निराजन खत्री, एनआरएनए एनसिसि युनाईटेड अरब ईमिरेट्सका उपाध्यक्ष रमेश ढकाल, सचिव फणीन्द्र ढकाल र पुष्कर शर्मा लगायत बिभिन्न संघ/ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।