बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

कञ्चनपुरमा प्रांगारिक मलमा आकर्षण

मंगलबार, मंसिर २८ २०७३

काठमाडौं । बाली लगाउने बेला रसायनिक मलको अभाव भयो भन्ने समाचार बर्सेनि जस्तो सुन्ने गरिन्छ । कृषि व्यवस्थित नहुदा उब्जने यो समस्याले देशका धेरै किसानहरु पीडित छन ् । रासायनिक मल महंगो हुने र भनेको समयमा नपाईने भएपछि मलखादको आभाव ले आक्रान्त हुदै आएका कञ्चनपुरका अधिकांस कृषकहरुले प्राङ्गारिक मलतर्फ आकर्षित भएका छन् । 
कञ्चनपुरका अधिकांस किसानहरु घरमै उत्पादन गरेको प्राङ्गारिक मलको प्रयोग गरेर हिउ“दे बाली लगाउने तयारीमा छन । खेतवारीको सिजनमा बालिनाली तथा तरकारीका लागि  रसायनिक मलको अभाव झेल्दै आएका किसानहरु विकल्पको रुपमा प्राङ्गारिक मलको प्रयोग गररिहेका छन् । 
घरमै उत्पादन भएको गोठेमल तथा प्राङ्गारिक मल प्रयोग गर्दा माटो खुकुलो र खेति राम्रो हुनुका साथै बालिमा रोग नलाग्ने, उत्पादन बढ्ने तथा स्वास्थ्यमा समेत असर नगर्नै कृषक वताउ“छन् ।
रसायनिक मलको प्रयोगले माटो र बालीमा मात्र नभई मानव स्वास्थ्यमा समेत असर गर्ने गरेको छ । रसायनिक मलको प्रयोगले माटो साह््रो तथा डल्ला पर्ने गरेकोमा प्राङ्गारिक मलको प्रयोगले विस्तारै माटो खुुकुलो हुदै जाने र उत्पाकत्व समेत  बढ्रदै गएको कृषकहरुको अनुभव छ । 
सरकारले रसायनिक मलको प्रयोगलाई कम गर्न प्राङ्गारिक  मलको उत्पादन तथा प्रयोगमा अनुदान दिदै आएको छ । सरकारको २० लाख बरावर अनुदानमा कञ्चनपुरको झलारीमा समेत प्राङ्गारिक मलखाद उद्योगको स्थापना गरएिको छ । उद्योगले स्थानीय स्थरमा पाईने तोरीको पिना, उखुको पिना, गोबरमल लगायतका कच्चा पदार्थको प्रयोगबाट प्राङ्गारिक मलको उत्पादन गर्ने गरेको छ भने गत वर्ष मात्रै करिव २ सय मेट्रिक टन बिक्री गरेको थियो ।
     कृषकहरुलाई खेतवारीमा हाल्न चाहिएको वेला जहिले पनि मलखादको चरम अभाव देखिने गर्दछ भने किसानहरुले रसायनिक मल नपाएर के गर्ने भन्ने अन्यौलता छाएका बेला जिल्ला कृषि विकास कार्यालयले आफुहरुसं“ग भएको गाईवस्तुको पाकेको गोवरमल प्रयोग गर्न किसानलाई सुझाव दिदै आएको जिल्ला कृषि विकासकार्यालय कञ्चनपुरका बरिष्ठ कृषि विकास अधिकृत टिकाराम थापा बताउ“छन् ।
वेला वेलामा देखिने रसायनिक मलखादको अभावबाट छुटकारा पाउन तथा उब्जाउ माटो र मानव स्वास्थ्यका लागि भएपनि किसानहरुले प्राङ्गारिक मलको उत्पादन र प्रयोगमा  जोड दिनु पर्ने र सरकारले समेत कृषि कार्यालय मार्फत कृषकहरुलाई प्राङ्गारिक मल प्रयोगतर्फ प्रेरित गर्न विभिन्न किसिमका जनचेतनामुलक तालिम तथा कार्यक्रम गर्नु जरुरी देखिन्छ ।