काठमाडौ मंसिर २८
प्रभुु क्यापिटल लिमिटेडले साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले सोमबार संचालक समितिका अध्यक्ष बिनोद थकालीको अध्यक्षतामा आठौं बार्षिक साधारण सभा सम्पन्न गरेको जानकारी दिएको छ ।
सभामा संस्थाका शेयरधनी, संचालक, लेखापरीक्षक, विभिन्न सरकारी निकायका प्रतिनिधि, कर्मचारी, पत्रकार एवं अन्य अतिथिहरुको बाक्लो उपस्थिती थियो । सभााले संस्थाको आ.व २०७२—०७३ को मुनाफाबाट वित्तीय संस्थाले शेयरधनीहरुलाई चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । विगत आठ वर्ष देखि संचालनमा रहेको कम्पनीले ग्राहकहरु समक्ष आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको छ । साधारण सभाले संचालक समितिमा भएको परिवर्तनलाई अनुमोदन गरेको कम्पनीले जनाएको छ ।