बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नवनिर्वाचित उपमेयर सुनिताले भनिन्: निर्वाचनको परिणाम उत्साहको रुपमा भन्दा पनि जिम्मेवारीबोधका रुपमा लिएकी छु

शुक्रबार, जेष्ठ १३ २०७९

काठमाडौं । काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले काठमाडौंबासीको असल जिम्मेवार जनप्रतिनिधिको रुपमा आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

शुक्रबार काठमाडौंमा आयोजित निर्वाचित मतपरिणाम घोषणा कार्यक्रममा बोल्दै नवनिर्वाचित उपमेयर डंगोलले आफूले निर्वाचनको परिणामलाई उत्साहको रुपमा भन्दा पनि जिम्मेवारीबोधको रुपमा लिएको प्रतिक्रिया समेत दिइन् ।

उनले आफूले निर्वाचनको बेला भन्ने गरेको स्वच्छ, सफा, जीवन्त, व्यवस्थित, सांस्कृतिक नगरी काठमाडौं महानगरपालिकालाई बनाउने अभियान आजैबाट सुरु भएको उल्लेख गरिन् ।

डंगोलले त्यसमा साथ दिन पनि सबै मतदाताहरुलाई आह्वान समेत गरिन् । उपमेयर डंगोलले आफूहरुको जीतले युवाहरुमा आशाको दीप बलेको उल्लेख गर्दै त्यसलाई निभ्न नदिने दृढता समेत व्यक्त गरिन् । 

नवनिर्वाचित उपमेयर डंगोलले एक/अर्काको खुट्टा तान्ने प्रवृतिबाट माथि उठनु पर्ने बताउँदै म भन्ने शब्दभन्दा माथि उठेर हामी भएर काम गर्नुपर्ने बताउँदै गल्ती भए सुधारका लागि खवरदारी गर्नसमेत आग्रह गरिन् ।