काठमाडौ मंसिर २४
नेपाल एसबिआइ्र्र बैकले पुर्वनिर्धारित फर्दर पब्लिक सेयर (एफपिओ) को मुल्य समायोजन गरेको छ । यसअघि बैकले एफपिओको प्रतिकित्ता सेयर मुल्य नौ सय ८४ रुपैयाँ तोकेको थियो ।
बैकको शुुक्रबार बसेको सञ्चालक समितीको चार सय एक औं बैठकले एपपिओको मुल्य समायोजन गरी नौ सय ७१ रुपैयाँ तोेकेको हो । बैकले ६७ हजार सात सय ६७ दसमलव ६७ कित्ता एफपिओ निष्काशन गर्ने तयारीमा रहेको छ । बैकका अनुसार डिसेम्वर छ सम्मको एक सय ८० दिनको बैकको प्रतिकित्ता सेयरको बजार मुल्यका आधारमा पछिल्लो पटक बैकले एफपिओको सेयर मुल्य निर्धारण गरिएको बैकले जनाएको छ ।