बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

आज बस्ने संघीय संसदको बैठकमा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने

बिहिबार, जेष्ठ १२ २०७९

काठमाडौं । आज संघीय संसदअन्तर्गत दुवै सदनका बैठक बस्दैछन् । दुवै सदनको बैठक बिहान ११ बजे बस्नेछ ।

आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १० गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रश्तुत गरेको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तुत गर्ने छन् ।

आर्थिक वर्ष २०७९/८० को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरुबाट प्राप्त संशोधनहरु प्रस्तुत हुने र सम्बोधनमाथि छलफल हुने छ ।

यसैबीच आजको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । आज शुरुवाती चरणमा नै ओलीले सरकारले  प्रस्तुत गरेको नीति तथा कार्यक्रमको बारेमा बोल्ने छन् । 

एमालेले देउवा नेतृत्वको सरकारले देश र जनताका लागि कुनै नयाँ नीति तथा कार्यक्रम नल्याएको भन्दै बिरोध गर्दै आएको छ ।

सरकारले जेठ १५ गते आगामी वर्षको लागि बजेट ल्याउँदैछ । बजेटका ल्याउनका लागि सरकारले नीति तथा कार्यक्रम प्रश्तुत गरेको छ, यसलाई छलफल गरेर सांसदहरुले राखेका प्रस्तावलाई संशोधन गरी बजेट ल्याउने सरकारको तयारी छ ।