बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सार्वजनिक सुनुवाईमा सामसुङ

बुधबार, मंसिर २२ २०७३

सोल, मंसिर २२
दक्षिण कोरियन प्रविधि कम्पनी सामसुङ कम्पनीमाथि अधिवक्ताहरुले टेलिभिजन  सुनुवाईको सुरु गरेका छन् । पछिल्लो समय दक्षिण कोरियाकी राष्ट्रपतिमाथि लागेको भष्ट्राचारको विषयमा अनुसन्धानको लागि टेलिभिजन सुनुवाई  गरिएको हो । सामसुङ कम्पनीले कोरियाको ठूलो भष्ट्राचारको एक भागमा सामसुङ कम्पनी पनि मुछिएको हो । 
यसअघि सामसुङ मकम्पनीमाथि यसै विषयमा छापा पनि मारिएको थियो । पछिल्लो समय दक्षिण कोरियाकी राष्ट्रपति पर्क जेयुन हेईको विषयमा भ्रष्टाचारको ठूलो मुद्दा जारी रहेको कारण उनको विषयमा अनुसन्धानको लागि सामसुङ कम्पनीमाथि सुनुवाई सुरु गरिएको हो । सामसुङ कम्पनीमा पनि राष्ट्रपति पर्कको केही सम्बन्ध रहेको हुनसक्ने आरोप लागेको छ । दक्षिण कोरियाका अन्य केही प्रमुख आर्थिक हिस्सा ओगटेका कम्पनीहरुमाथि पनि सुनुवाईको काम सुरु गरिएको छ । उक्त सुनुवाईमा पर्ने कम्पनीहरुमा सवारी निर्माता हुण्डाईसहित अन्य छ विभिन्न कम्पनीहरु रहेका छन् ।
पर्कसँग सामसुङ कम्पनीको सम्बन्ध रहेको आरोप लागिरहेको अवस्थामा उनले भने सामसुङ कम्पनसँग आफ्नो कुनै किसिमको सम्बन्ध नरहेको स्पष्ट पारेकी छिन् । सामसुङको विषयमा पर्ककी साथीकी छोरीलाई उल्लेख्य रकम दिएको आरोप लागेको हो । आगामी शुक्रबार दक्षिण कोरियाका संसदहरुले राष्ट्रपतिको विषयमा मतदान गर्ने भएका छन् । पछिल्लो केही सातायता दक्षिण कोरियामा राष्ट्रपतिको राजीनामाको विषयलाई लिएर ठूला किसिमका प्रदर्शनहरु हुने क्रम जारी रहेका छन् । सुनुवाईको क्रममा सामसुङ कम्पनी दोषी भेटिएको खण्डमा पनि कुनै कारबाहीको अधिकार भने नभएको तर उसलाई केवल माफी माग्न लगाउने काम पनि हुने बताइएको छ ।
सामसुङ कम्पनीको लागि सरकारले गरेको आग्रह नकार्न नसक्ने भएकोले सुनावाई हुने भएको हो । दक्षिण कोरियामा राष्ट्रपति पर्ककी साथी चोइ सून सिलले आफ्नो साथी राष्ट्रपति भएको फाइदा उठाउँदै आफ्नो नाफारहित संस्थालाई भारी अनुदानको लागि बाध्य गराएको र उक्त रकम आफ्नो व्यक्तिगत हितको लागि प्रयोग गरेको आरोप लागेको छ । यसै क्रममा सामसुङ पनि त्यसको मारमा परेको हो । एजेन्सी