बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

५जी सेवामा उल्लेख्य विस्तार

बुधबार, मंसिर १ २०७३

नयाँ दिल्ली, मंसिर १ । ५जी सेवामा पछिल्लो समय उल्लेख्य विस्तार भएको नतिजा सार्वजनिक भएको छ । अहिलेको संख्यामा ५जीको प्रयोग विस्तार भइरहेको खण्डमा सन् २०२२ सम्ममा विश्वमा ५जी सेवा प्रयोगकर्ताहरुको संख्या पाँच करोड ५० पुग्ने देखिएको छ । 

प्रविधिको क्षेत्रमा पछिल्लो समय व्यापक विस्तार भइरहेको अवस्थामा उत्तर अमेरिका र एसिया प्रशान्त क्षेत्रमा ५जी सेवाको माग अत्यधिक रहने बताइएको छ ।

एसियाको भारतमा पनि ५जी सेवाको माग अत्यधिक रहने पछिल्लो समय सार्वजनिक भएको विवरणले देखाएको छ । सन् २०२२ सम्ममा भारतले समग्र बजारको १० प्रतिशतको ५जीको हिस्सा ओगट्ने विवरणले देखाएको छ । 

यस वर्षको तेस्रो त्रैमासिक अवधिमा एसियामा भारतको इन्टरनेटको विस्तार तीव्र गतिमा भएको देखिएको छ । भारतले उक्त तीन महिनाको अवधिमा एक करोड ५० लाख मानिससमक्ष आफ्नो इन्टरनेटको विस्तार गरेको थियो भने चीनले एक करोड ४० लाख, इन्डोनेसियाले ६० लाख मानिसहरुसमक्ष आफ्नो इन्टरेनटको विस्तार गरेको विवरणमा उल्लेख गरिएको छ । एजेन्सी