बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

एमसीसी सम्झौता राजपत्रमा प्रकाशित (पूर्णपाठ)

आइतबार, बैशाख १८ २०७९

काठमाडौं । संसदबाट अनुमोदन भएको अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राजपत्रमा प्रकाशित भएको छ ।

नेपाल र अमेरिकी सहयोग एमसीसीबीच भएको सम्झौता गत फागुन १५ गते प्रतिनिधिसभाबाट अनुमोदन भएको थियो ।  अनुमोदन भएको दुई महिनापछि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले यही वैशाख १५ गते सम्झौता अनुमोदन भएको विषय राजपत्रमा प्रकाशित गरेको हो ।

राजपत्रमा प्रकाशित भएसँगै उक्त सम्झौता कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ गते उक्त सम्झौता भएको थियो ।

राजपत्रमा प्रकाशित पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोला ।