मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

तरुण दलको महा–सचिवका प्रत्यासी भन्छन्, ‘मधेशमा मात्र राजनीति गर्न हिँडेको हैन, युवालाई रोजगार बनाउने भिजन छ

शुक्रबार, कार्तिक २६ २०७३

काठमाडौं – भनिन्छ नि, ‘जन्मजात कांग्रेस १’ सप्तरीका रोशन कुमार यादवको हकमा पनि यो भनाई लागू हुन्छ । सप्तरी राजविराजका यादवका हजुरबा जमानामा नेपाली कांग्रेसबाट मुखिया भैसकेका थिए । तिनै मुखियाका नाती आगामी २७ गतेबाट पोखारामा हुने नेपाली कांग्रेस निकट भातृसंगठन नेपाल तरुण दलको अधिवेशनमा महा–सचिवमा उम्मेद्वारी दिँदै छन् ।

तरुण दलको पदाधिकारी लेभलमा रोशन यादव नयाँ अनुहार हुन् । तर, आम कांग्रेसका लागि उनी पुरानै हुन् । अमृत साइन्स क्याम्पसमा बिएस्सी अध्ययन गर्दादेखि नेविसंघको सक्रिय राजनीतिमा लागेका यादव स्ववियु सदस्यमा चुनाव लडेका थिए । ‘अमृत क्याम्पस कम्युनिष्टको गढ थियो’ यदवले भने, ‘त्यसैले चुनाव जित्न सकिएन ।’

अध्ययनमा निकै तेज ठहरिएका यादवले भारत सरकारको फेलोसिपमा बैंगलोर विश्वविद्यालयबाट बायो–टेक्नोलोजीमा एमएस्सी गरे । उनको पढाई त्यतिमै रोकिएको छैन, हाल त्रिभुवन विश्वविद्यालयबाट बायो–टेक्नोलोजिमा पिएचडी गर्दै छन् ।

‘मलाई साथी भाईले डाक्टर भन्न थालिसके’ यादवले हाँस्दै भने, ‘डाक्टरको उपाधी पाउन अब मलाई करिब ६ महिना जति लाग्छ होला ।’

अहिले उनी पिएचडीका लागि लेखिरहेको थेसिसको पाना थाँती राखेर तरुण दलको चुनावमा होमिएका छन् ।चयकजबल(थबमबख

‘इन्डियन इन्स्टिच्युट अफ साइन्स’ मा प्रोजेक्ट एसोसिएट भएर काम गरेका यादव केही समयअगाडि मासिक डेढ लाख तलब छाडेर नेपाल फर्किएका थिए । लामो समय भारतका विभिन्न एकेडेमिक संस्थामा काम गर्दा तरुण दल भारत शाखाको महा–सचिवको रुपमा विगत ६ बर्ष काम गरेको अनुभव संगालेका यादव युवा बौद्धिक जमातमा परिचित मानिन्छन् ।

सन् २०१३ मा इन्टरनेशल युथ अवार्डबाट सम्मानित भैसकेका रोशनले दुई बर्ष नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान ‘नास्ट’को रिसर्च फेलोको रुपमा काम गरेका छन् । त्रिवि केन्द्रिय विभागमा बायो टेक्नोलोजिमा प्राध्यापन समेत गरेका रोशन हाल ‘एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी एन्ड मेनेजमेन्ट’ को डेपुटी डाईरेक्टरको रुपमा कार्यरत छन् ।

पछिल्लो मार्चमा ‘वल्र्ड साइन्स कन्भेन्सन’ बाट नेपालको लागि अध्यक्ष निर्वाचीत भैसकेका यादवले १२ बर्षपछि हुन लागेको तरुण दलको अधिवेशनमा ‘एकेडेमिक प्रोटोकल समेत हेरेर महा–सचिव पदमा दावी गरेको’ बताए ।

लामो समयदेखि रोकिएको तरुण दलको अधिवेशन गर्नका गठन भएको ४५ सदस्यीय अधिवेशन तयारी समितिले चुनाव लड्न नपाउने भएसँगै यादव जस्ता नयाँ अनुहारले ठाउँ पाउने भएका छन् ।
‘तरुण दलको विधानले ४५ वर्ष उमेर पुगेका हरुले संगठन छाड्नुपर्ने बाध्यात्मक व्यवस्था जारी गरेको हुनाले धेरै फिल्टर हुँदैछन्’ यादवले भने, ‘अब हामीजस्ता नयाँ जोश–जाँगर भएका युवाले नेतृत्व दावी गर्नु अस्वभाविक पनि हुँदैन् ।’

एजेन्डा ः जडिबुटी प्रशोधनदेखि युवा रोजगार १ 
रोशनले तरुण दलको निर्वाचनका लागि केही एजेन्डा तय गरेका छन्, जुन दिर्घकालीन महत्वका छन् । ‘प्लस टु पास गरेका युवाहरु खाडीमा छन्, उनीहरुलाई नेपालमै उपयोग गर्नुपर्छ’ उनले भने, ‘विदेशीएका युवालाई कसरी सम्बोधन गर्ने भन्नेमा हामीले ध्यान दिएका छैंनौं, यसका लागि संगठनले राज्यलाई प्रेसर गर्नुपर्छ ।’

७५ वटै जिल्लामा क्रियाशिल तरुण दलका जिल्ला सभापतिहरुले जिल्लास्तरीय प्रोजेक्ट बनाएमा हरेक जिल्लामा ५० जना भन्दा बढी युवालाई रोजगारी दिन सकिने महत्वकांक्षी योजना सुनाउँदै यादवले भने, ‘यसका दातृ निकायसँग सहकार्य गरेर स्रोत जुटाउने हैसियत पनि मसँग छ ।’

भिजन भएका र काम गर्न सक्ने युवाहरु थोरै भएकाले आफूले तरुण दल रोजेको उल्लेख गर्दै यादवले भने, ‘तरुण दलको महा–सचिव बनेर मधेशमा मात्र राजनीति गर्न हिँडेको हैन, जनकपुरको मान्छेले म्याग्दी– पर्वतमा चुनाव लड्ने वातावरण बनाउने मेरो लक्ष्य छ ।’

तरुण दलको विधानले मेधशी समुदायबाट एकजना पदाधिकारी हुनुपर्ने अनिवार्य व्यवस्था गरेकाले पनि आफ्नो सम्भावना प्रवल भएको उल्लेख गर्दै उनले भने, ‘यसपटक तोकिएको समयमा महाधिवेशन हुने र म आफूले जित्नेमा ढुक्क छु ।’

कांग्रेस सभापति शेरबहादुर देउवा प्यानलबाट महा–सचिवको लागि देश दौडाहा गरिरहेका यादवले भने, ‘तराईमा कांग्रेसको राजनीति गर्नेहरुलाई त्यहाँका क्षेत्रिय दल र कम्युनिष्टहरुले च्यापिरहेका छन्, क्षेत्रिय दलहरुले हामीलाई पहाडीया दलाल भन्छन्, म त्यसलाई चिर्न चाहन्छु ।’

महाधिवेशनमा सहभागि करिब १५ सय प्रतिनिधिले आफूलाई विश्वास गर्ने दावी गर्दै उनले भने, ‘तराई–मधेशमा युवाको संगठन मजबुद बनाउन पनि महा–सचिवमा मेरो जित अनिवार्य छ ।’