बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

उद्योग व्यवसाय महासंघको बागडोर सावाँको काधमा

शुक्रबार, चैत्र २५ २०७८

काठमाडौँ l नेकपा एमाले निकट नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको अध्यक्षमा एलपी सावाँ लिम्बु निर्वाचित भएका छन् । महासंघको काठमाडौंमा जारी दोस्रो महाधिवेशनले लिम्बुलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

नेकपा एमाले समर्थित उद्योगी व्यवसायीहरुको देशभरबाट उपस्थित १ हजारभन्दा बढि प्रतिनिधिले लिम्बुको अध्यक्षतामा सर्वसम्मत रुपमा १७ पदाधिकारी सहित २५५ सदस्यीय केन्द्रिय कमिटि चयन गरेको हो । जसमा ६ जना उपाध्यक्षहरु, १ जना महासचिव, २ जना उपमहासचिव, ५ जना सचिव र १ जना कोषाध्यक्ष चयन गरेको हो । यसैगरी उक्त महाधिवेशनले लेखा समिति, अनुशासन आयोग र निर्वाचि आयोगको संयोजक समेत चयन गरेको छ ।

LP_Limbu.webp

यसैगरी उक्त महाधिवेशनले १६ बुँदे काठमाडौं घोषणापत्र समेत जारी गरेको छ । विश्व्यापी महामारीका कारण थलिएको अर्थतन्त्रलाई राहत प्रदानगरि उकास्ने काममा सरकारको उदासिनता भएको भन्दै खेद प्रकट गरेको छ । साथै महामारीका कारण अति प्रभावित पर्यटन व्यवसाय, निर्माण, यातायात लगायत उद्योग व्यवसाय क्षेत्रका निमित्त प्रवाह गरिएको ऋण पुनःसंरचना गरि ५ वर्षको लागि सहुलियत पुर्नकर्जा प्रदान गर्न समेत माग गरेको छ ।