काठमाडौं
नेपाल राष्ट्र बैकको प्रवक्ताको जिम्वेवारी नारायण प्रशाद पौडेलले पाएकाछन । बैक सुपरीवेक्षण बिभागमा निर्देशक समेत रहनुु भएका पौडेललाई बुधबार देखि कार्यान्वयनमा आउने गरी प्रवक्ताको जिम्वेवारी दिएको राष्ट बैकले जनाएको छ ।
त्रिभुुवन बिश्वबिद्यालयबाट व्यवस्थापनमा एमबिए, अर्थशास्त्रमा एमए गर्नुुभएका पौडेलले वेलायतबाट पनि बित्त व्यवस्थापनमा एमबिए गर्नुुभएको छ । राष्ट्र बैकका अनुसार पौडेल बिसं २०४६ सालदेखि राष्ट्र बैकमा कार्यरत रहेका छन् ।