बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

टिकट विवादमा कांग्रेस कार्यकताबाटै कुटिए खनियाबास गाउँपालिकाका अध्यक्ष 

बुधबार, चैत्र २३ २०७८

धादिङ । खनियाबास गाउँपालिका–३ बच्छलामा गाउँपालिका अध्यक्षमाथि आक्रमण भएको छ ।

नेपाली कांग्रेस वडाध्यक्षको टिकट सिफारिस गर्न छलफल भइरहेको समयमा कांग्रेसका प्रदेश क्षेत्रीय सभापतिसमेत रहेका गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ कुटिएका छन् ।

कांग्रेसका कार्यकर्ता राजु पाख्रिनको समूहले आक्रमण गरेको अध्यक्ष तामाङले आरोप लगाए ।

पाख्रिन र अध्यक्ष तामाङबीच टिकटका विषयमा विवाद भएको बताइएको छ । घाइते तामाङको सत्यदेवी स्वास्थ्यचौकीमा उपचार गरिएको छ ।

आरोपित पाख्रिनलाई गएराति दार्खा प्रहरी चौकीले पक्राउ गरेको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए ।