काठमाडौँ l वाग्मती प्रदेश सरकार मुख्यमन्त्रीको कार्यालयमा अरुणराज सुमार्गीको नियुक्ति भएको छ l
कार्य कूशलता वृद्धि गर्न र आवश्यक जानकारी तथा सल्लाह सुझावका साथै कानूनी तथा कार्य सहजताको लागि सहयोग गर्ने गरी अवैतनिक र विज्ञ सल्लाहकारको रुपमा सुमार्गीको नियुक्ति भएको हो l

गत फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका मन्त्रीहरुले आवश्यकता अनुसार अवैतानिक र विज्ञ सल्लाहकारको सहयोग लिएर काम गर्न सक्ने निर्णयको कार्यान्वयन गर्दै आईतबार बागमती प्रदेशको माननीय मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले सुमार्गीलाई नियुक्ति पत्र दिएका हुन् l

मन्त्रिपरिषद् बैठकले अवैतनिक र विज्ञ सल्लाहकार नियुक्त गर्नका लागि सो प्रावधान सरकारले थप गर्ने निर्णय गर्दै प्रदेश सरकार कार्य सञ्चालन नियमावलीको अनुसूची हेरेफेरसमेत गरेको थियो l

पछिल्लो समय निरन्तर कृषि क्षेत्रमा सक्रियता बढाउदै सुमार्गी नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगत कृषि उद्यम तथा अनुसन्धान केन्द्रका सभापति समेत रहेका छन् l उनको नियुक्ति संगै वाग्मती प्रदेशमा कृषि क्षेत्रमा धेरै सुधार आउने अपेक्षा लिएको छ l