काठमाडौँ l नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगत कृषि उद्यम तथा अनुसन्धान केन्द्रका सभापति अरुणराज सुमार्गीले सल्यान, प्यूठान, रोल्पा लगायतको अर्थतन्त्र उठाउन कृषिको भरपुर प्रयोग गर्नु पर्ने बताएका छन् l
शुक्रबार रोल्पाको लिवाङमा आयोजित रोल्पा उद्योग वाणिज्य संघको १८ वार्षीक साधारणसभालाई सम्बोधन गर्दै सुमार्गीले कृषिमा उदार नीतिलाई अवलम्बन गर्दै किसानलाई कबोलअनुसारको सहुलियत कर्जा सरल माध्यमबाट प्रधान गर्न सके कृषिले अर्थतन्त्र उठाउने बताएका हुन् l
सुमार्गीले ०४६ साल पछि कार्यान्वयनमा आएको उदार अर्थ नीति जस्तै कृषिमा पनि उदार नीति अगाडी बढाउन माननीय अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् l नेपालमा करिव ९० प्रतिशत जनता प्रत्यक्ष वा परोक्ष कृषिमा आवद्ध रहेको र सरकारले यसमा छिटै प्रभावकारी नीति ल्याउन साथै भएका व्यवस्थालाई कार्यान्वयन गराउन पर्ने सुमार्गी बताउछन् l
कार्यक्रममा माननीय अर्थमन्त्री जनार्दन शर्माको उपस्थि रहेको थियो l गत मंगलबार भएको निर्वाचनबाट रोल्पा उद्योग वाणिज्य संघको अध्यक्षमा केशवकुमार आचार्य निर्वाचित भएका थिए l
अध्यक्ष र केही सदस्यमा निर्वाचन भए पनि बहुमत पदाधिकारी भने सर्वसम्मरुपमा निर्वाचित भएका थिए। प्रथम उपाध्यक्षमा मिलन रोका, द्वितीय उपाध्यक्षमा गोपाल श्रेष्ठ, महासचिवमा कमल घर्ती र कोषाध्यक्ष प्रशान्त घर्ती सर्वम्मत निर्वाचित भएका थिए।