काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारण सभा तथा १२औं अधिवेशन राजधानीमा हुने भएको छ ।
फागुन २७,२८ र २९ गते हुने अधिवेशन उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाबाट हुने बताइएको छ ।
महासंघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । महासंघका अनुसार साधारण सभा तथा अधिवेशनमा करिब एक हजार दुई सय प्रतिनिधि र त्यही संख्यामा पर्यवेक्षकको सहभागिता रहने छन् । अधिवेशनले आगामी तीन वर्षका लागि महासंघमा नयाँ कार्य समिति चयन गर्नेछ ।
महासंघको ५९ सदस्यीय कार्य समितिमध्ये अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, एसोसिएटसहित ८ उपाध्यक्ष, महासचिव ९१० उपमहासचिव ९२०, कोषाध्यक्ष, सहकोषाध्यक्षसहित ४६ पदमा निर्वाचन हुनेछ ।
साधारण सभा तथा अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न महासंघका अध्यक्ष रवि सिंहको अध्यक्षतामा मुल आयोजक समिति र यस मातहत विभिन्न उपसमितिहरू गठन गरिएका छन् ।
सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावलीको एघारौ संशोधनले निर्माण उद्योगमा देखिएका धेरै समस्या समाधान गर्ने बताए । समस्याग्रस्त रहेको निर्माण उद्योग सुधारका लागि एघारौं संशोधन आवश्यक रहेको महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले बताए ।