कसको जिम्मेवारी के ?
काठमाडौँ l नेकपा माओवादी केन्द्रको निकट प्रवास संगठन नेपाली जनप्रगतिशील मञ्च वेलायतको कार्यसमितिले पूर्णता पाएको छ l जनवरी ३० आईतबार महासिचव क. बिमला लिम्बुद्वारा संचालित संगठनका अध्यक्ष क. मान बहादरु गुरुङको अध्यक्षतामा बसेको राष्ट्रिय कमिटीको भर्चुवल बैठकले कार्यसमितिलाई पूर्णता दिएको हो l
बैठकले खाली रहदै आए विभिन्न विभागलाई पूर्णता प्रधान गरको छ जसमा संगठन विभागको जिम्मेवारी क. तलु छन्त्याललाई साथ-साथै क. हरि पौड्याल, क. राजमिण राई, क. मिलन लिम्बु, क.महशे देवकोटा, क. बिष्णु चालिसे, क.दिपक गुरुङ, क.ललित परियार क. चुडामणि पाण्डे रहेका छन् l आर्थिक विभागमा कोषाध्यक्षको जिम्मेवारी क. किपल श्रेष्ठलाई साथै सह-कोषाध्यक्ष क. माया के सी र बिपिन गुरुङलाई प्रधान गरिएको छ l प्रचारप्रसार तथा मिडिया विभागको संयोजक क.बिनय बुढाथोकी , क.ललित परियार र क.अरुण थापालाई सुम्पिएको छ l
यस्तै महिला विभागको जिम्मेवारी क.माया केसी, क.रचना राई, क. पार्वती पाण्डेलाई प्रधान गरिएको छ l युवा विभागको संयोजक क. कृष्ण खनाल, क. प्रिथीलाल याख्खा र गंगा गुरुङलाई दिएको छ l विधार्थी विभागको जिम्मेवारी क.विशाल गोलेलाई दिएको छ l
नेपाली जनप्रगतिशील मञ्च वेलायतको कार्य क्षेत्रलाई विशाल रुप प्रधान गर्ने हेतुले मंचले २०२२ सम्ममा क्रियाशील सदस्य संख्या कम्तिमा २५० वा सो भन्दा बढी बनाउने लक्ष्य लिएको छ l बैठकले मञ्चलाई चुस्तताका साथ संचालनका निम्ति लेबी संकलनको वेवास्तालाई अनुसरण गरीएको छ l यूरोप समितिमा रहनु भएका कमरेडको २५ प्रतिशत मञ्चक निम्ति राख्ने र बाकी ७५ प्रतिशत नेकपा माओवादी केन्द्रलाई पठाउने निर्णय गरेको छ l साथै मञ्चको चौथौ महाधिवेशन अवधिमा उमेदवारी दर्ता गर्दा उठेको रकमको ७५ प्रतिशत मञ्चले नेपाल पठाई सकेको छ l
नेपाली जनप्रगतिशील मञ्च वेलायतले महासचिव र सचिवको रहोबरमा www.nppfuk.com नामक वेवसाइट बनाउने छलफल चलिरहेको र छिटै मूर्तरुप दिने तयारी रहेको छ l मञ्चले अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा संगठनलाई आर्थिक भार नपर्ने गरी भेटघाट तथा डिनर कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ l