काठमाडौँ l साताको अन्तिम कारोवार दिन आज बिहिबार नेप्से बढेता पनि कारोवार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । नेप्से आज तीन दमसलव ३३ अंकले बढेर २७ सय ७९ दसमलव ९८ अंकमा पुग्दा सेन्सिटिभ पनि शुन्य दसमलव ३८ अंकले बढेर पाँच सय १८ दसमलव ७२ अंकमा पुगेको छ।
दुई सय २४ वटा कम्पनीहरुको ५० हजार ९ सय ६५ पटकको कारोवारमा ६६ लाख ७५ हजार दुई सय ३१ कित्ता शेयर किन बेच भएका छन्, भने कारोवार रकम ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार छ सय ८४ रुपैयाँ पुगेको छ ।
आज १३ वटा समुहको कारोवार हुंदा छ वटा समुहले गुमाएका छन्, भने सात वटा समुहले कमाएका छन्। ति मध्ये वाणिज्य बैंक समुहको सुचक चार दसमलव ३३ अंकले घटेर १८ सय आठ दसमलव ३३ अंकमा झर्दा विकास बैंक, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन र सामुहिक लगानी कोष समुहहरुको सुचक पनि घटेका छन्।
जलविद्युत समुहको सुचक भने आज पाँच दसमलव ३५ अंकले बढेर ३२ सय ५० दसमलव ३८ अंकमा पुगेको छ भने फाईनान्स, निर्जिवन बीमा, उत्पादनमुलक, अन्य, लघुबित्त र लगानी समुहहरुको सुचक पनि बढेका छन्।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बुद्धभुमी नेपाल हाईड्रो पावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।