बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

डेढ वर्षदेखि रोकिएको मलेसियाको रोजगार खुल्दै

बुधबार, पुष २८ २०७८

अनलाइन आवदेन दिन सकिने मलेसिया सरकारको भनाई

काठमाडौँ । डेढ वर्षदेखि रोकिएको मलेसियाको रोजागार खुल्ला हुने भएको छ ।

मलेसियाले नेपाल सहितका देशबाट श्रमिक भर्ना गर्न, रोजगार दाताका लागि आवेदन खुला गर्ने भएको हो  ।

मलेसियाका मानव संसाधन मन्त्री सेरी सारा भनानले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सहितका स्रोत मुलुकबाट श्रमिक भर्ना प्रक्रिया छिट्टै खुला गर्ने बताएका छन् ।

श्रमिक भर्नाका लागि अनलाइनबाट आवेदन दिने व्यवस्था मिलाएको भन्दै, उनले , ‘रोजगारदाताले आवेदन दिँदा, बिचौलिया पक्षलाई अनावश्यक खर्च नगर्न पनि अनुरोध गरेका छन् ।

विदेशबाट श्रमिक भर्नाका लागि रोजगारदाताले मानव संसाधन मन्त्रालयबाट अनुमति लिएपछि  मात्रै म्यानपावर कम्पनीका लागि मागपत्र बनाउन पाइन्छ ।

रोजगारदाताले कुन देशबाट कति श्रमिक ल्याउने भनेर मन्त्रालयबाट अनुमति लिनुपर्छ । यस्तो आवेदन लिने काम डेढ वर्षदेखि रोकिएको थियो । मलेसियाले २०७६ को चैतको पहिलो सातादेखि नेपालबाट श्रमिक भर्ना गरेको छैन ।