बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

म्याग्दीमा हिउँमा पुरिएर एक बेपत्ता, अन्य तीनजना उद्धारको पर्खाइमा

बिहिबार, पुष १५ २०७८

काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिकामा हिउँमा पुरिएर एक जना बेपत्ता भएका छन् । अन्य तीनजना अलपत्र परेका छन् । धवलागिरिको वडा नम्बर–१ मा परेको हिउँमा परि स्थानीय ५० वर्षिय रामबहादुर छन्त्याल बेपत्ता भएको स्थानीयले बताएका छन् ।  अलपत्र परेकाहरु उद्धारको पर्खाइमा छन् ।

रामबहादुरसहित गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बुद्धि छन्त्याल र लालबहादुर विक अलपत्र परेका गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए ।

बेपत्ताको खोजी तथा अलपत्र परेकाहरुको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भइरहेको छ ।