बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

काठमाडौंबाट हुने सबै आन्तरिक उडान रद्द

बुधबार, पुष १४ २०७८

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने  सबै आन्तरिक उडान रद्द गरिएका छन्। मौसम खराबीलाई कारण देखाउदै वायु सेवा कम्पनीहरूले सूचना निकालेर मौसम  बेलुका ४ बजेपछिका सबै सन्ध्याकालिन उडान रद्द गरेको जनाएका हुन् ।

हिजोदेखि भएको वर्षा र विभिन्न क्षेत्रमा भएको हिमपातका कारण त्रिभुवन विमानस्थलबाट आज ३५ वटा उडान रद्द भइसकेका छन् । ६५ वटा उडान तोकिएकोमा ३० वटाले मात्रै आज उडान भरेका छन् ।

काठमाडौं सहित अधिकांश जिल्लामा भिजिविलिटी कम भएकाले उडान रद्द गर्नु परेको विमान कम्पनीको भनाइ छ । अन्र्तराष्ट्रिय तर्फका उडान भने यथावत रहेको विमान स्थल स्रोतले जनाएको छ ।