बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

वैदेशिक अनुदान लक्ष्य ५९ अर्ब प्राप्ती ४ अर्ब, विकास निर्माण नहुँदा सहायता आउन सकेन

बुधबार, पुष १४ २०७८

काठमाडौँ । सरकारले यो वर्ष वैदेशिक अनुदान ५९ अर्ब ९२ करोड संकलन गर्ने लक्ष्य लिएको थियो । तर, अहिलेसम्ममा ४ अर्ब ४३ करोड मात्रै  प्राप्त भएको छ । अर्थात लक्ष्यको जम्मा ७ प्रतिशत मात्रै वैदेशिक अनुदानका रुपमा रकम प्राप्त भएको छ  ।

विकास निर्माणका काम समयमै अघि बढ्न नसकेका कारण सरकारले वैदेशिक अनुदान प्राप्त गर्न नसकेको हो ।

सरकारले विकास निर्माणका काम सकेपछि वैदेशिक सहायता दाबी  गर्न मिल्छ । जसलाई सोधभर्ना भनिन्छ ।अर्थात सरकारको ढुकुटीबाट खर्चेर विदेशी निकायसँग माग गरिने रकम अर्थात सोधभर्नाबाट २ अर्ब ९२ करोड रुपैयाँ मत्रै प्राप्त भएको छ ।

त्यसैगरि नगद अनुदानबाट १ अर्ब १८ करोड  र सोझै भुक्तानी अर्थात निकायकै खाताबाट खर्च गरिने रकम ३३ करोड खर्च भएको छ ।

विकास निर्माणका काम अघि बढ्न नसकेकाले अनुदान प्राप्त हुन नसकेको जानकारहरु बताउँछन् ।

त्यसैगरि  २ खर्ब ८३ अर्ब वैदेशिक ऋण लिने लक्ष्य राखेकामा विकास निर्माणका काम अघि बढ्न नसकेकाले  यो पनि अहिलेसम्म  १६ अर्ब ६१ करोड मात्रै प्राप्त भएको छ ।

 त्यसैगरि सरकराले आन्तरिक ऋण २ खर्ब ३९ अर्ब उठाउने लक्ष्य राखेको छ । तर विकास निर्माणका काम अघि बढाउन चुकेकाले यो पनि ६ अर्ब भन्दा बढि उठाउने सरकारले हिम्मत गर्न  सकेको छैन  ।

अर्थमन्त्रालयका अनुसार मंसिर ९ गते सम्ममा सरकारले ४ खर्ब २४ अर्ब आम्दानी गरेकामा ४ खर्ब १६ अर्ब भने खर्च गरिसकेको छ ।

तर, विकासका लागि भनेर यो समयमा गरिएको खर्च भने जम्मा ३३ अर्ब १३ करोड हो । ३ खर्ब ४० अर्ब रकम सरकारले  चालु खर्चमा  खर्चेको छ । प्रदेश तथा स्थानिय तहमा हस्तान्तराण गरेको रकम सँगै यसमा कर्मचारीलाई तलब तथा भत्तामा गरिएको खर्च  समेत यसमा जोडिन्छ ।

विकास निर्मााणमा सरकारले  रकम खर्चन नसकेपनि सरकारको ढुकुटीमा भने जम्म्मा  ८ अर्ब मात्रै रकम रहेको छ । तर सरकारले चालु तर्फ मात्रै खर्च बढाएकाले ढुकुटीमा आठ अर्ब मात्रै रहेको देखिएको हो ।