बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

२ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिहिबार, पुष १ २०७८

काठमाडौँ l सनराइज बैंक लिमिटेड र प्रभु बैंक लिमिटेडले मिति २०७८ पौष ४ गते १ दिन साधारण सभा र लाभांश प्रयोजनका लागि बुक क्लोज गर्दै छन्। तसर्थ, आजको मितिसम्म कारोबार गरी कायम शेयरधनीहरुले मात्र लाभांश लिन साथै साधारण सभामा भाग लिन पाउनेछन्।

सनराइज बैंकले आ. व. २०७७/७८ को वितरण योग्य मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजी रु.९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४ सय ९९.३९ को ६.६५% अर्थात रु.६३ करोड ९ लाख ४८ हजार ३ सय ९.२१ बराबरको बोनस शेयर तथा ०.३५% अर्थात रु.३ करोड ३२ लाख ७ हजार ८ सय ५.७५ बराबरको नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्न लागेको हो।

यस्तै, प्रभु बैंकले आ. व. २०७७/७८ को वितरण योग्य मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजी रु.११ अर्ब ३४ करोड ७० लाख ५७ हजार २ सय ९९ को १२% अर्थात रु.१ अर्ब ३६ करोड १६ लाख ४६ हजार ८ सय ७५.८८ बराबरको बोनस शेयर तथा ०.६३% अर्थात रु.७ करोड १४ लाख ८६ हजार ४ सय ६०.९८ बराबरको नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्न लागेको हो।

संचालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव कम्पनीको वार्षिक साधारण सभामा छलफल गरिने छ। प्रस्ताव गरिएको लाभांश वार्षिक साधारण सभाबाट पारित भएपश्च्यात मात्र योग्य शेयरधनीले दाबी गर्न पाउने छन्।