बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

निर्यातमा सामान्य बृद्धि चार महिनामा ८२ अर्ब १२ करोडको निर्यात

बिहिबार, पुष १ २०७८

काठमाडौँ । कुल बस्तु निर्यात बढेको छ । नेपाल राष्ट्र बैंकले आज बुधबार सार्वजनिक गरेको देशको बतर्मान आर्थिक तथा बित्तीय स्थिती सम्वन्धी चालु आर्थिक बर्षको चार महिनाको प्रतिवेदन अनुसार कुल वस्तु निर्यात एक सय चार दसमलव तीन प्रतिशतले बढेर ८२ अर्ब १२ करोड पुगेको छ । 

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १० दसमलव आठ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः एक सय ४० दसमलव दुई प्रतिशत, सात दसमलव तीन प्रतिशत र २३ दसमलव पाँच प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने चिया, अलैंची, तार, जस्तापाता, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ । 

चालु आवको पछिल्लो चार महिनामा कुल वस्तु आयात ६१ दसमलव छ प्रतिशतले बढेर छ खर्ब ५० अर्ब २९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १० दसमलव छ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४६ दसमलव एक प्रतिशत, ५६ दसमलव नौ प्रतिशत र एक सय १७ दसमलव दुई प्रतिशतले वृद्धि भएको छ ।

राष्ट्र बैंकका अनुसार वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुजा, कच्चा पाम तेल, कच्चा सोयाविन तेल, चाँदी लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्पm कन्चनपुर, कृष्णनगर, मेची, र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्पm भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयात वृद्धि भएको छ । 

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८÷७९ को चार महिनामा कुल वस्तु व्यापार घाटा ५६ दसमलव आठ प्रतिशतले बढेर पाँच खर्ब ६८ अर्ब १७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १२ दसमलव पाँच प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात आयात अनुपात १२ दसमलव छ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १० प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट अमेरिकी डलर भुक्तानी गरी ७१ अर्ब ४० करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४४ अर्ब २६ करोड बराबरको भएको थियो । 

राष्ट्र बैकका अनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ४४ दसमालव १३ प्रतिशत र ५५ दसमलव ८५ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात्  शुन्य दसमलव शुन्य दुई प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ३२ दसमलव ५२ प्रतिशत, शुन्य दसमलव ९५ प्रतिशत र ६६ दसमलव ५३ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५३ दसमलव एक प्रतिशत, पुँजीगत वस्तुको ११ दसमलव एक प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ३५ दसमलव आठ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५० दसमलव पाँच प्रतिशत, १२ दसमलव नौ प्रतिशत र ३६ दसमलव छ प्रतिशत रहेका थिए ।