बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

आजदेखि बर्दियामा बाघ गणना सुरु, बाघको संख्या २ सय ५० पुर्याउने सरकारको लक्ष्य

बुधबार, मंसिर २९ २०७८

काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्ज र बाँके राष्ट्रिय निकुञ्जको बर्दिया–बाँके कम्प्लेक्समा आजदेखि बाघ गणना सुरु हुने भएको छ ।  क्यामेरा ट्र्यापिङ प्रविधिबाट बाघ गणना  गरिने बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

गणकहरुले दुई दिनको विशेष तालिम लिइसकेका छन् । हरेक चार वर्षमा बाघ गणना गर्ने गरिन्छ ।

राष्ट्रिय बाघ सर्वेक्षण अभियान अन्तर्गत देशैभरिका निकुञ्ज तथा आसपासका क्षेत्रमा रहेका बाघको सङ्ख्या पत्ता लगाउने उद्देश्यले देशभर तीन वटा कम्प्लेक्समा क्यामेरा ट्र्यापिङ प्रविधिबाट बाघ गणना सुरु गर्न लागिएको हो ।

चितवन–पर्सा कम्प्लेक्समा बाघ गणना सुरु भइसकेको छ । हरेक दुई किलोमिटरको दुरीमा राखिएका क्यामेराले खिचेको फोटोबाट  गणना गरिने छ  ।

कुनै पनि वन्यजन्तुले ओहोरदोहोर गरेमा स्वचालित क्यामेराले तस्बिर खिच्ने गर्छ । बाघ गणनाका लागि प्राविधिकसहित ९८ जना जनशक्ति खटिदै छन् ।

सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर अर्थात् दुई सय ५० वटा पुर्‍याउने सरकारको लक्ष्य छ ।