बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नेप्सेले तोड्यो रेर्कड, दुई घण्टा नपुग्दै १ सय ३७ अंकले बढ्यो नेप्से

मंगलबार, मंसिर २८ २०७८

काठमाडौँ l नेप्सेले आज रेर्कड तोडेको छ । यसअघि लगातार घटेको नेप्से आज मंगलबार उच्च अंकले बढेपनि कारोवार खुलेको दुई घण्टा पनि नपुग्दै दिनभरको लागि नेप्से बन्द भएको छ । नेप्से आज १२ः३८ बजे नै नेप्से पाँच प्रतिशतले बढेपछि ४० मिनेटको लागि बन्द भएको थियो । ४० मिनेट पछि नेप्से खुलेपनि बढ्न क्रम रोकिएन । 

नेप्से छ प्रतिसतले बढेपछि आज मंगलबार दिनभरको लागि नेप्से बन्द भएको छ । नेप्से आज एक सय ३७ दसमलव १८ अंकले बढेर २४ सय १८ दसमलव ८४ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि २२ दसमलव ७२ अर्थात पाँच दसमलव १९ प्रतिसतले बढेर चार सय ६० दसमलव ३० अंकमा पुगेको छ । दुई सय २० वटा कम्पनीहरुको २९ हजार ६४ पटकको कारोवारमा ४० लाख ८५ हजार नौ सय ५६ कित्ता सेयर किनबेच हुंदा कुल कारोवार रकम एक अर्ब ८४ करोड २६ लाख ४७ हजार एक सय ४४ रुपैयाँ पुगेको छ । 

१३ वटा समुहको कारोवार हुंदा १३ वटै समुहहरुको सुचक उच्च अंकले बढेर नेप्से पुरै हरियोे  भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ६८ दसमलव पाँच अंकले बढेर १६ सय ६५ दसमलव ४७ अंकमा पुग्दा फाईनान्स समुहको सुचक पनि एक सय ६७ दसमलव ७१ अंकले बढेर २१ सय १४ दसमलव २४ अंकमा पुगेको छ । यसैगरी निर्जिवन बीमा समुहको सुचक पनि छ सय ४५ दसमलव १८ अंकले बढेर १० हजार चार सय ३५ दसमलव ८३ अंकमा पुग्दा बिकास बैंक, जलबिद्युत, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा बरुण हाईड्रो पावर कम्पनी पहिलो स्थानमा परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा एनआईसी एशिया व्लु चिप फण्ड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नबिल बैंकले पहिलो स्थानमा परेको छ ।