बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

धनपुञ्ज बहुउद्देश्यीय सहकारीद्धारा कारोवार शुभारम्भ

सोमबार, मंसिर २७ २०७८

बानेश्वर क्षेत्रकै उत्कृष्ट सहकारी बनेर बचतकर्ताहरुलाई उच्चतम प्रतिफल दिने उद्घोष

काठमाडौँ l धनपुञ्ज बहुउद्देश्यीय सहकारीले कारोवार शुभारम्भ गरेको छ । मंसिर २७ गते सोमबार संस्थाका अध्यक्ष बिकास कार्की सहितको टोलीले पानसमा दियो बालेर कारोवार शुभारम्भ गरेको हो । 

IMG-fe5a62b9900e477148231b9389fd679a-V.jpg

संस्थाको कार्यालय काठमाडौं महानगरपालिका वडा नम्वर ३१ नयाँ बानेश्वरमा रहेको छ । संस्थामा बिकास कार्की (अध्यक्ष), रञ्जु काफ्ले (कोषाध्यक्ष), उर्मिला कुमारी शर्मा भुजेल (उपाध्यक्ष), बिनोद चौलागाई (सचिव), दिल बहादुर रम्तेल (सदस्य), गिता प्रसाद पोखरेल (सदस्य) र भुवन कुमार पोखरेल (सदस्य) सहितको सात सदस्यीय सञ्चालक समिती रहेको छ । यसैगरी संस्थाको लेखा समितीमा संयोजक सिता दंगाल, सदस्यमा आशिष रानाभाट र बिशाल अधिकारी रहेका छन् । 

a'.PNG

नेपाल सरकार प्रदेश सहकारी ऐन २०७६ बमोजिम स्थापना भएको धनपुञ्ज उच्च व्यवस्थापन तहका व्यवसायी, उद्यमी तथा बित्तीय क्षेत्रमा लामोसमय अनुभव प्राप्त गरिसकेका प्रतिष्ठत व्यक्तिहरु आवद्ध रहेको संस्था हो । संस्थाको कार्यक्षेत्रभित्र रहेका जनताको आयस्तर बृद्धि गर्न, प्राकृतिक श्रोत तथा साधनको उच्चतम उपयोग तथा श्रमको उचित व्यवस्थापन प्रत्येक नेपाली, हरेक उद्यमीको भावनालाई आत्मसाथ गर्दे युवाहरुको जोश, जाँँगर र स्वदेशप्रतिको मायाँलाई सही तरिकाबाट वित्तीय व्यवस्थापन गरेर उपयोग गर्नको लागि संस्था सञ्चालन भईरहेको उक्त संस्थाका सचिव चौलागाईले जानकारी दिएका छन् । 

IMG-89d0eaf5b47857bfd590f9e3dcaf25d9-V.jpg

संस्थाको प्रमुख उदेश्य वर्तमान प्रतिस्पर्धात्मक वित्तीय वातावरणमा स्वस्थ प्रतिस्पर्धाबाट आर्कषक व्याज प्रदान गरी संकलन गरिएको बचत रकमलाई इमान्दार सदस्य तथा उद्यमीहरुको व्यवसाय प्रर्वधनको लागि सुलभ व्याजदरमा बचत परिचालन गर्नु रहेको सचिव चौलागाईको भनाई छ । यसरी सवल, आत्मनिर्भर एवं सक्षम व्यवसायी बनाई बजारको आवस्यकता अनुसार संस्थाले सेवा र सुबिधालाई परिमार्जन गर्ने उनको भनाई छ । संस्थाले हाल नियमित बचत, बाल बचत लगायतका बचत योजनाहरु सञ्चालन गरिरहेको छ । यसमा अधिकतम १२ दसमलव ५० प्रतिशतसम्म व्याज तोकिएको छ । यस बाहेक संस्थाले साधारण बचत, ऐच्छिक बचत, बिशेष बचत, धन प्लस बचत लगायतका बचत योजनाहरु सञ्चालन गरेको छ । यि बचत योजनाहरुमा क्रमश ५, ६, ६ दसमलव ५० र ८ दसमलव ५० प्रतिसतसम्म व्याज तोकिएको छ ।

यसैगरी संस्थाले कर्जातर्फ भने कृषि कर्जा, व्यवसायीक कर्जा, घरायसी कर्जा, सामुहिक जमानी कर्जा, अटो कर्जा, बचत जमानी कर्जा, आवधिक बचत रसिद धितो लगायतका शिर्षकमा कर्जा प्रवाह गर्दे आएको छ ।

संस्थाले आम बचतकर्ता, कर्जावाला ग्राहकहरुको मनोवल उच्च पार्दे बानेश्वर क्षेत्रमा उत्कृष्ट सहकारी बनेर बचतकर्ताहरुलाई उच्चतम प्रतिफल दिने उद्घोष पनि संस्थाका सचिव चौलागाईले गरेका छन् ।