बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

किन घट्दैछ निरन्तर शेयर बजार, अब लगानी कति उचित ?

सोमबार, मंसिर २० २०७८

काठमाडौँ । राष्ट्र बैंकको निर्देशन बमोजिम एकै बैंकबाट ४ करोड र समग्र बैंक तथा वित्तीय प्रणालीबाट १२ करोडभन्दा बढि ऋण लिएका सेयरकर्जा नविकरण हुन छाडेपछि त्यसको सिधा असर सेयरबजारमा परेको छ । बैंकको ऋण तिर्न ठूला लगानीकर्ताले सेयर बेच्न थालेका छन् भने साना लगानीकर्तालाई बजार घट्ने त्रासका कारण आइतबार मात्रै पनि सेयर बजार ७२ दशमलव तीन दुई अंकले घटेको  छ ।

गत भदौमा झडै ३२  सयमा पुगेको सेयरबजार राष्ट्र बैंकको निर्देशन र बजारमा तरलता अभावका कारण अहिले २५ सय १३ अंकमा आइपुगेको छ ।  महामारी केहि नियन्त्रणमा आएपछि आर्थिक गतिबिधी बढेका छन् । जसका कारण बैंकमा अहिले कर्जाको माग उच्च छ । कर्जा प्रदान गरेबमोजिम निक्षेप संकलन नहुँदा बैंकहरुमा तरलता अभाव भएको हो । यो सँगै राष्ट्र बैंकले कर्जा पुँजी निक्षेप अनुपात हटाएर बैंकहरुले कर्जा निक्षेप अनुपात अर्थात सिडि रेसियो लागू गरेसँगैपनि बजारमा लगानीयोग्य रकमको अभाव भएको हो ।

हुनत ४५ लाख सेयरलगानीकर्ता मध्ये २ सय जना सेयरलगानीकर्ता  मात्रै १२ करोड भन्दा ऋण लिने लगानीकर्ता छन् । तर, उनिहरुले सेयर खरिदका लागि लिएको ऋण तिर्न सेयरबेच्दै गर्दा  यसले बजारमा ठूलो असर पार्न थालेको छ ।

आइतबार सेयरबजारमा सबैपरिसुचक घटेका छन् । जसमा जिवन बिमाको परिसुचक सबैभन्दा बढि अर्थात ३ सय ७२ अंकले घटेको छ । त्यस्तै क बर्गका कम्पनीको मापन गर्ने सेन्सेटिभ इण्डेक्स १४ दशमलव एक सात अंकले घटेको छ । बजारमा २ सय २६ कम्पनीको ८९ लाख २०  हजार कित्ता किनबेच हुँदा ४ अर्ब ९ करोडको कारोबार भएको छ ।

घट्दो बजारमा आइसिएफसि फाइनान्स, सबैको लघुबित्त र कर्णाली बिकास बैंकका लगानीकर्ताले सबैभन्दा बढि गुमाएका छन् । तर, न्यादि हाइड्रोपावर, नयाँ सारथि लघुबित्त र मैलुङ खोला जलबिद्युत आयोजनाका लगानीकर्ताले भने कमाउनेको सूचिमा अग्रस्थानमा रहेका छन् । त्यस्तै  नेशनल हाइड्रो, हिमालय डिस्टीलरी र नेपाल दुरसञ्चारको भने  सबैभन्दा बढि कारोबार भएको छ ।

 लगानीकर्ताले अब बजारबाट ठूलो मात्रामा रकम कमाउन भने नसक्ने देखिन्छ । बजारको सामान्य घटबढ अघि नै सुचना लिनसक्ने बाहेक अन्यका लागि अबको पुष मसान्तसम्म सेयर खरिद गर्न त्यति उचित नहुने बिज्ञहरु बताउँछन् ।