बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बेलायतले माग्यो १० हजार नेपाली नर्स , मासिक तलब ४ लाख रुपैयाँ

बुधबार, मंसिर ८ २०७८

काठमाडौं । नेपाल सरकारले बेलायतमा रोजगारीका लागि १० हजार नर्स पठाउने तयारी गरेको छ  ।

बेलायत सरकारको माग अनुसार नेपाल सरकारले १० हजार नर्सलाई रोजगारीका लागी पठाउने तयारी गरेको हो ।

जीटुजी सम्झौता मार्फत नेपालबाट  रोजगारीका लागि नर्स लैजाने विषयमा वेलायतसँग सम्झौताको तयारी भइरहेको  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले जानकारी दिए ।  

कोभिडपछि वेलायतमा करिब एक लाख नर्सको माग छ । बेलायतले नेपालसहित  फिलिपिन्स, भारत र नेपालबाट नर्सिङ क्षेत्रमा आवद्ध भएका कामदार लैजाने प्रक्रिया सुरु गरेको हो ।

नेपाल सरकारले पहिलो चरणमा ५ हजार नर्सलाई पठाउने छ ।  

बेलायत जाने नर्सले बार्षिक २४ हजार पाउन्ड स्टर्लिंग अर्थात करिब ४५ लाख रुपैयाँ तलब पाउने छन् ।  

सचिव गौतमले बेलायत सरकारले आउँदो डिसेम्बर भित्रै नेपाली नर्स रोजगारीका लागि लाने प्रतिवद्धता जनाएको जानकारी दिए ।