काठमामाडौं । जात्रा मनाउन बैतडीमा आज र भोलि दुई दिन सार्वजनिक बिदा दिइएको छ । मेलौली नगरपालिकाले हिजो एक सूचना जारी गर्दै आज र भोलि बिदा दिने निर्णय गरेको हो ।
मेलौली नगरपालिका–१ स्थित मेलौली भगवती मन्दिरमा दुई दिन बलिसहित भव्य जात्रा लाग्ने गर्दछ । सोही जात्रालाई मध्यनजर गर्दै स्थानिय निकायले सार्वजनिक विदाको घोषणा गरेको हो ।
सार्वजनिक विदामा नगरक्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक संस्था, विद्यालय, वित्तीय संस्थालगायतका कार्यालय बन्द रहने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण बहादुर चन्दले जानकारी दिनुभयो ।
मेलौली भगवती मन्दिरमा लाग्ने जात्रामा बैतडीका साथै छिमेकी मुलुक भारतबाटसमेत दर्शनार्थी आउने गर्छन् ।
सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले भने जात्राका लागि आज एक दिन मात्र सार्वजनिक विदा दिएको छ ।