काठमाडौँ । नेपाल राष्ट्र बैंकले अहिले मागे अनुसारको सिक्का उपलब्ध गराउन सक्ने स्थिती छैन । २ सय पचास रुपैयाँ भन्दा बढि सटहि नगर्ने राष्ट्र बैंकले कुल १५ हजार भन्दा बढिको सिक्का सटही गर्न सक्ने स्थिती छैन ।
सिक्काको अभावका कारण बजारमा ग्राहकहरु भने ठगिरहेका छन् । १८ रुपैयाँ भाडा भएपनि सवारी साधनले २० रुपैयाँ भाडा लिने गरेका छन् ।
नेपाल राष्ट्र बैंकले समयमै १ र २ रुपैयाँको सिक्का छपाई प्रक्रिया अघि बढाउन नसक्दा बजारमा सिक्का अभाव भएको हो । जसका कारण आमउपभोक्ताले दैनिक कारोबारमा रकम गुमाइरहनुपर्ने स्थिती आएको देखिन्छ ।
बिदेशी कम्पनीलाई पनि समयमै सिक्का छाप्ने जिम्मा लगाउन नसक्दा बजारमा सिक्काको अभाव भएको छ । विदेशी कम्पनीले अलिहे जिम्मा पाएको त छ । तर, त्यो नेपालमा आउन अझै कम्तीमा दुई महिनाजति लाग्ने नेपाल राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।
अहिले टक्सारमा सिक्का साट्न आउनेहरु कोहि रित्तै फर्किन्छन् । सिक्काको उपलब्धता नभएपछि बजारमा १ र २ रुपैयाँको कारोबार नै हुँन छाडेको छ ।
राष्ट्र बैकबाट बाहिर निस्किएका नोटहरु ३ देखि ४ पटक फेरी राष्ट्र बैंकमै फर्कन्छन् । तर सिक्काभने बाहिर निस्कीएपछि राष्ट्र बैंक फर्कदैनन् । ति सिक्काहरु मठ तथा मन्दीरमै रहने गरेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।
एक रुपैयाँको सिक्का छाप्न राष्ट्र बैंकले २ रुपैयाँ ४० पैसा खर्च गर्छ । महंगो दरमा छापिएका सिक्का सर्वसाधारणले बोकेर हिड्न भने मानिरहेका छैनन् ।जसका कारण सर्वसाधरणले कारोबारका क्रममा दैनिक रकम गुमाइरहेका छन् । यसमा भने सर्वसाधारण पनि चनाखो हुन जरुरी छ ।