काठमाडौं । बुद्ध एअरको जहाज आज दुर्घटनाबाट बचेको छ । काठमाडौंबाट विराटनगरका लागि उडेको विमानमा ल्याण्डिङ गियरमा समस्या हुदा विराटनगर अवतरण हुन नसकेपछि जाहाज काठमाण्डौ फर्किएको हो ।
बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा सफल अवतरण भएसँगै दुर्घटनाबाट बचेको छ । जहाजमा ७७ यात्रु सवार थिए । झण्डै दुई घण्टासम्म आकाशमा घुमेपछि जहाजलाई आकस्मिक अवतरण गराइएको हो ।
बिहान ८ बजेर ३० मिनेटमा विराटनगरका लागि उडेको जहाज ल्याण्डिङ गियरमा समस्या भएपछि काठमाण्डौ फर्किएको थियो । जहाजलाई प्राथमिकतामा राखेर सफलतापूर्वक अवतरण गराइएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।
संवेदनशीलताका कारण विमानस्थलमा एम्बुलेन्स र दमकल तयारी अवस्थामा राखिएको थियो।
यसअघि आजै विहान बुद्ध एयरको अर्को विमानमा पनि समस्या आएको थियो। पोखराका लागि उडेको विमानको ककपिटमा धुँवा निस्केपछि आपतकालीन अवतरण गरिएको छ ।