काठमाडौं । दशैं मनाउन काठमाडौंबाट बाहिरिनेहरुका लागि आउँदो ११ गते सोमबारदेखि लामोदूरीका गाडीको टिकट बुकिङ खुल्ने भएको छ । यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँग आज हुने छलफलपछि, यातायात व्यवस्था विभागले आगामी ११ गतेदेखि लामो दूरीको टिकट बुकिङ खुलाउने निर्णय गर्न लागेको हो ।
यातायात व्यवसायीले, वर्षाले गर्दा बिग्रेका सडक मर्मत गरेर मात्रै दशैंको अग्रिम टिकट खोल्नुपर्ने अडान राख्दै आएका छन् । सडक मर्मतको विषयमा आज प्रधानमन्त्री कार्यालयका सचिव शिशिरकुमार ढुंगानासँगको छलफल हुने यातायात व्यवसायीले बताएका छन् ।
सरकारले अवरुद्ध भएका राजमार्ग तत्काल खुलाउने निर्णय गरे आफुहरु अग्रिम बुकिङ खोल्न तयार भएको यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए ।