काठमाडौं । कोरोनाका कारण विदेशमा रोजगारी गुमाएर करीब ६ लाख नेपाली स्वदेश फर्किएको तथ्यांक आएको छ। कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अनुसार कोरोनाका कारण रोजगारी गुमाएर ६१ देशबाट ५ लाख ९० हजार ३ सय नेपाली स्वदेश फर्किएका हुन् ।
तीमध्ये खाडीका देश र मलेसियाबाट फर्कनेको संख्या बढी छ। कोरोना महामारी फैलिएसँगै २०७७ जेठ यता यूएईबाट मात्रै १ लाख ६३ हजार नेपाली स्वदेश फर्किएका छन् ।
त्यस्तै कतारबाट १ लाख ४९ हजार स्वदेश फर्किएको केन्द्रले जनाएको छ । यही अबधीमा, मलेसियाबाट ६२ हजार, साउदीबाट ५७ हजार, भारतबाट ४६ हजार ७ सय, टर्कीबाट २२ हजार र कुवेतबाट ३१ हजार नेपाली फर्किएको केन्द्रले जनाएको छ।