काठमाडौं । गैरआवासीय नेपाली सङ्घ एनआरएनएको १०औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा कुल आचार्यले, अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । पर्वतको कुश्मामा पत्रकार सम्मेलन गरी आचार्यले असोज २८ देखि ३० गते काठमाडौँमा हुने महाधिवेशनका लागि अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन् ।
पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा जन्मिएर अहिले बेलायतमा व्यवसाय गर्दै आएका आचार्य यसअघि नवौँ महाधिवेशनमा अध्यक्ष पदमा कुमार पन्तसँग १४७ मतान्तरले पराजित भएका थिए । अध्यक्षमा वर्तमान कार्यसमितिका उपाध्यक्ष डा बद्री केसीले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् ।