बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

उपत्यकाको सबैभन्दा ठूलो मानिएको इन्द्रजात्रा आजदेखि सुरु, एक सातासम्म चल्ने

शनिबार, असोज २ २०७८

काठमाडौं । काठमाडौं सबै भन्दा ठूलो जात्रा मानिने इन्द्रजात्रा आजदेखि सुरु भएको छ । आज विहान वसन्तपुरमा  इन्द्रध्वजा ठड्याएसँगै जात्रा  सुरु भएको हो । बिहान ६ बजेर ५१ मिनेटको साइतमा इन्द्रध्वजा ठड्याइएको थियो । वसन्तपुरमा इन्द्रध्वजा ठड्याएसँगै इन्द्रजात्रा सुरु हुन्छ ।

हरेक वर्ष भदौशुक्ल द्धादशीका दिनदेखि एक हप्तासम्म मनाइने येँया भनिने इन्द्रजात्रा आउँदो ८ गतेसम्म मनाइन्छ । गएको वर्ष कोरोना महामारीका कारण औपचारिक पूजा गरेर मात्रै मनाइएको जात्रा यो वर्ष भने स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मनाइने भएको छ ।

आजैदेखि इन्द्रजात्रामा प्रदर्शन गरिने मजिपाः लाखे, हल्चोकको आकाश भैरव, किलागलको पुलुकिसि, देवी नाच, महाकाली नाच, आकाश भैरव, समयबजी सजाएर राख्ने लगायतका परम्परागत सांस्कृतिक मूर्ति, नाच लगायतका धार्मिक गतिविधि हुने गर्दछन् ।

आज बेलुका यस वर्षभरि निधन भएका व्यक्तिका परिवारले ‘उपाकु’ दीप प्रज्ज्वलन गर्दै सांस्कृतिक नगर परिक्रमा गर्ने गर्दछन् ।