बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

आजदेखि श्रीलंकन एअरले नेपालमा उडान गर्ने

मंगलबार, भाद्र १५ २०७८

काठमाडौं, भाद्र १५ । श्रीलङ्कन एयरलाइन्सले आजदेखि काठमाडौँ–श्रीलङ्का सिधा उडान गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सो एयरलाइन्सलाई सातामा दुईवटा  उडान गर्ने  अनुमति दिएको हो ।  

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले  श्रीलङ्कन एयरले गृष्मकालीन समयका लागि आगामी सेप्टेम्बर ४ तारिखसम्मका लागि उडान अनुमतिका दिएको जानकारी दिए ।  सो एयरलाइन्सले भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सिधा उडान गर्ने इच्छा जाहेर गरेको छ ।

रोजगारीका लागि श्रीलङ्का जाने नेपालीलाई लक्षित गरेर उडान अनुमति दिइएको प्राधिकरणले जनाएको छ ।  यो एयरलाइन्सले साउदी अरेबिया, कतारको दोहा, माल्दिभ्स र दुबई उडान गरिरहेको छ ।