बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

जागिर केहि पनि छैन हलो जोत्न बोलाउनुस : अध्यक्ष ओली

शनिबार, भाद्र ५ २०७८

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले जनता र देशको सेवा गर्ने बाहेक आफ्नो अर्को कुनै जागिर नभएको बताएका छन् । चन्द्रागिरीमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले जनताले जे काम लगाउछन् आफ्नो त्यहि जागिर भएको बताए ।

जनताले हलो जोत्ने जिम्मेवारी दिए त्यो पनि गर्ने उनको भनाई थियो । भाषण गर्न सिपालु ओलीले गाउमा पुगेर किसानका समस्यामा आफ्नो साथ रहने बताएपछि उपस्थितले ताली बजाएका थिए ।

जापान सरकारको सहयोगमा निर्माण भएको पार्कको अवलोकनकालागि त्यहा पुगेका ओलीले जापान र नेपालबीचको मैत्रीपूर्ण सम्बन्धको प्रशंसा गर्नु भयो । ओलीले त्यहा पुगेर वडा कार्यालयलाइ बालबालिकाको पढाईका लागि समस्या नहोस् भनेर १० लाख रुपैया सहयोग गरेका छन् ।