काठमाण्डौं, श्रावण ३२ । सरकारले प्रदेश दुइको प्रदेश प्रमुखमा हरिशंकर मिश्रलाइ नियुक्त गरेको छ । प्रदेश सभा सुरु भएको ४ वर्ष नपुग्दै त्यहा चौथो पटक प्रदेश प्रमुख परिवर्तन गरिएको हो । ओली सरकारले गत फागुनमा राजेश अहिराजलाइ प्रदेश प्रमुखमा नियुक्त गरेको थियो ।
अहिराजलाइ पदमुक्त गर्दै आज बसेको मन्त्रीपरिषद बैठकले मिश्रलाइ नियुक्त गरेको हो ।
मिश्र महोत्तरीका कांग्रेसका पुराना नेता हुन् । महोत्तरीबाट पूर्व सांसद रहेका मिश्र पूर्व मन्त्री पनि हुन् । निवर्तमान अहिराजलाइ नियुक्त गर्दा ओली सरकारले माओवादीका तिलक परियारलाइ प्रदेशप्रमुखलाइ हटाएको थियो । माओवादीसग गठबन्धन गरेको नेकपा नेतृत्वले परियारलाइ प्रदेश प्रमुख बनाएको थियो ।
सर्वोच्चको फैसलाबाट नेकपा र एमाले पुनः ब्युतिएपछि बनेको एमाले सरकारले परियारलाइ हटाएर अहिराजलाइ ल्याएको थियो । यसअघि त्यहा रत्नेश्वरलाल कायस्थ हुनुहुन्थ्यो । कायस्थलाइ कांग्रेस नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।