समान पेन्सनका लागि बेलायतमा आन्दोनरत पूर्व गोर्खाहरुले, समान अधिकारका लागि, आफुहरु मर्न समेत तयार रहेको चेतवनी दिएका छन् । बेलायती प्रधानमन्त्री कार्यालय अगाडी आमरण अनसन बसेको तेश्रो दिन लाग्दै गर्दा, उनीहरुले, अधिकारका लागि आफुहरु मर्न समेत तयार रहेको चेतावनी दिएका हुन् ।
सन् १९९७ अघि अबकास पाएका गोर्खालीले पनि अंग्रेज सरह पेन्सन पाउनु पर्ने माग गर्दै, उनीहरु आन्दोलनमा होमिएका हुन् । पूर्व गोर्खाहरुलाई दिँदै आएको पेन्सन सुविधा, न्यायोचित हुनुपर्ने उनीहरुको माग छ ।
२० वर्षसम्म बेलायती सेनामा काम गरेका पूर्व गोर्खा ज्ञानेन्द्र राईले आफुहरुले ग्रेट ब्रिटेनकालागि बगाएको रगत पसिना र आसुको अवमूल्यन भएकाले न्यायकालागि अन्तिम सास रहेसम्म लडिरहने बताउनुभयो ।
त्यस्तै
१५ वर्ष सेवा गरेका दान बहादुर, गुरुङले पनि, आफुरुसँग अर्को विकल्प नभएकोले प्रधानमन्त्री कार्यालय अगाडि भोक हड्ताल बस्नु परेको भन्दै आफुहरुलाइ अन्याय नगर्न बेलायत सरकारसग माग गर्नु भयो ।
गोर्खाहरुले, २ सय वर्षदेखि बेलायती सेनामा काम गर्दै आएका छन् ।
बेलायती रक्षा मन्त्रालयले भने, गोर्खाहरुलाई पर्याप्त मात्रामै पेन्सन दिइएको भन्दै, उनीहरुको योगदानको उच्च सम्मान गरिएको दाबी गरेको छ । साथै, गोर्खा पेन्सन योजना निष्पक्ष रहेको रक्षा मन्त्रालयको भनाइ छ। व्यापार मन्त्री क्वासी क्वार्टेङले, गोर्खालीहरुले बेलायती सेनामा गरेको योगदानको, आफुले उच्च सम्मान गर्ने बताउनु भयो ।