काठमाडौं । गायक हिमाल सागरको स्वर, शब्द र संगीतमा रहेको प्रेमिल शैलीको बिल्कुलै नयाँ गीत ’तिमी छौ र’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

प्रेमिका प्रति प्रेम भाव प्रस्तुत गरिएको यस गीतलाई बाबु प्रधानले संगीत संयोजन गरेकाहुन् । अमेरिकाको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा शैलेश घलेको छायांकन र भरत रेग्मीको सम्पादन रहेको छ। बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो ।

म्युजिक भिडियोमा नायिका नन्दिता केसी र पुर्ण लम्साल बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ । पी एण्ड एच प्रोडक्सनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो । म्युजिक भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।

भिडियो लिंक