काठमाडौँ l यस वर्षको एसईई परीक्षाको नतिजा आन्तरिक मूल्यांकनबाट सार्वजनिक गरिने भएको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले एसईई परीक्षाको नतिजा आन्तरिक मूल्यांकनबाट गर्ने निर्णय गरेको कानुनमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए।
यस अघि राष्ट्रीय परीक्षा बोर्डले आइतबार एसईई परीक्षा वैकल्पिक विधिबाट संचालन गर्ने अनुमति माग्दै शिक्षा मन्त्रालयलाई पत्र लेखेको थियो।
यस वर्षको एसईई जेठ १३ गतेलाई तोकिए पनि बढ्दो करोना महामारीका कारण हुन सकेको थिएन।