नेपाली शेयर बजारमा हित ग्राही खाता खोल्ने संख्या ३५ लाख माथि पुगेको छ । यति मात्र हैन दैनिक ५ लाखको हाराहारीमा सक्रिय लगानीकर्ताले शेयर बजारमा कारोबार समेत गरिरहेका छन् ।
पछिल्लाे समय सेयर बजारमा छुट्टै क्रेज देखिन थालेको छ । बजारमा दिनहुँ नयाँ लगानीकर्ता भित्रिरहेका छन् । लगानीकर्ताहरू सेयर बजारमा लगानी गर्न आकर्षित हुन थालेसँगै सेयर बजारमा नयाँ उत्साह देखिन थालेको छ । झन् प्राथमिक सेयर आइपिओमा लगानीकर्ताहरु झुम्मिन थालेका छन् । जुन कुरा यसअघि खुल्ला भएको केहि कम्पनीको आइपिओमा परेका आवेदनले देखाउँछ । पछिल्लो समयमा आइपिओमा गरेभन्दा दोब्बरबढी आवेदन पर्ने गरेको छ । जसले गर्दा भाग्यमानीको हातमा मात्र आइपिओ पर्ने गरेको छ ।
तपाई पनि यसअघि खुल्ला गरिएको विभिन्न कम्पनीको आइपिओ नपरेर चिन्तित हुनुहुन्छ ? त्यसो हो भने यी हाइड्रोपावरको आईपीओ तपाईको भागमा पर्न पनि सक्छ । विभिन्न ७ वटा कम्पनीले छिट्टै नै साधारण सेयर (आईपीओ) निष्कासन गर्दैछन् ।
यी कम्पनीहरुले २ अर्ब ६९ करोड ७९ लाख ७४ हजार रुपैयाँ बराबरको २ करोड ६९ लाख ७९ हजार ७ सय ४० कित्ता जुन नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को पाइपलाइनमा रहेका छन् ।
साहस उर्जा कम्पनी लिमिटेड
साहस उर्जा कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर २४ गते, बुधबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेकाे छ । कम्पनीकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन १४ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेकाे हो । कम्पनीकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको एनएमबि क्यापिटलले गर्नेछ ।
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन १७ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेकाे हो । कम्पनीकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको एनएमबि क्यापिटलले गर्नेछ ।
सयपत्री हाइड्रोपावर लिमिटेड
सयपत्री हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९ लाख कित्ता सय कित्ता कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन १७ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेकाे छ । कम्पनीको आईपीओको बिक्री प्रबन्धकको एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।
बलेफी हाइड्रोपावर लिमिटेड
बलेफी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन २५ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेकाे छ । कम्पनीको आईपीओको बिक्री प्रबन्धकको ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।
ग्रीन भेन्चर लिमिटेड
ग्रीन भेन्चर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरमा ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन २८ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेकाे छ । कम्पनीको आईपीओको बिक्री प्रबन्धकको लक्ष्मी क्यापिटल लिमिटेडले गर्नेछ ।
अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी
अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आईपीओ निष्कासन गर्न सेबोनसँग अनुमति मागेको छ । कम्पनीले ३३ करोड रुपैयाँ बढीको आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको हो। आईपीओ निष्कासनको माग गर्दै कम्पनीले गत चैत १६ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३३ लाख ७ हजार ५०० कित्ता आईपीओ निष्कासनको अनुमति मागेको छ। यो कुल ३३ करोड ७ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ हुनेछ।
कम्पनीले सर्वसाधारण र स्थानीयका लागि आईपीओ निष्कासन गर्नेछ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ।
