बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

उषा, किरण र अश्मिता अभिनित ’सपना’ को भिडियो सार्बजनिक

बुधबार, बैशाख १५ २०७८

काठमाडौं ।  गायक किरण भुजेल र गायिका अश्मिता अधिकारिको सुमधुर स्वरमा नयाँ गित ’सपना’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । बरिष्ठ गीतकार अम्बिका गुरुङको शब्दमा गित तयार भएको हो । दर्जनौ लोकप्रिय गितहरुमा आफ्ना कलात्मक शब्दहरु भरेर करडौ नेपालीहरुको मन मुटुमा बस्न सफल बरिष्ठ गीतकार अम्बिका गुरुङले नेपाली गित संगीतमा गरेको योगदान अतुलनिय रहेको छ । उनले एकपछि अर्को नयाँ नयाँ म्युजिक भिडियो नेपाली सांगीतिक बजारमा ल्याउने क्रम समेत जारि छ । 
संगीतकार शंकर थापा स्माइलको संगीत रहेको गीतको म्युजिक भिडियोलाइ बुद्ध थापाले छायांकन गरेका हुन् भने शान थापाले निर्देशन गरेकाछन् । त्यसैगरी राजिब समारको कोरियोग्राफी रहेको छ भने भिडियोलाइ सुप्रिम पराजुलीले सम्पादन गरेकाहुन् । सार्बजनिक म्युजिक भिडियोमा मोडल उषा उप्रेती, किरण भुजेल र अश्मिता श्रेष्ठलाइ फिचर्ड गरिएको छ । 

भिडियो लिंक

https://www.youtube.com/watch?v=yMsU2-ZjDZc 

 

2.JPG

4.JPG

5.JPG

1.JPG

6.JPG