बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

गोपालको शब्द, बसन्तको संगीतमा ’किन मायामा’ सार्वजनिक

शुक्रबार, बैशाख १० २०७८

काठमाडौं ।  त्रिकोणात्मक प्रेम कथामा आधारित ’किन मायामा’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । अमेरिकाको ओहायो राज्य निवासी गीतकार गोपाल लोहारको शब्दमा रहेको यस गीतलाई वसन्त सापकोटाले संगीतवद्ध गरेका हुन् । गीतमा बिशम आचार्यले संगीत संयोजन रहेको छ ।

song.JPG

म्युजिक भिडियोमा जाइना कुँवर, प्रभात पाल ठकुरी, सुष्मिता चौधरी फिचर्ड  छन् । श्याम तामाङ्गले छायांकन गरेको यस भिडियोलाई बिकाश दहालले सम्पादन गरेका हुन् । भिमा लोहार निर्मात्री रहेको यस भिडियोलाई  श्याम लामा र काजी लिम्बुको सयुक्त निर्देशनमा भिडियो तयार पारिएको हो । गोलो प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

 
भिडियो लिंक

https://youtu.be/iNzpkJWu6f4

song2.JPG