बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

’सोची हेरन’को साथमा आए सुदिप

मंगलबार, बैशाख ७ २०७८

बिकाश र सिर्जना फिचर्ड ’सोची हेरन’ सार्वजनिक
काठमाडौं ।  गायक सुदिप भण्डारीले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ’सोची हेरन’ सार्वजनिक गरेका छन् ।  प्रेम ,त्याग र मिलनको कथा समेटिएको यस गीतलाई चर्चित गीतकार डि.पी खनालले लेखेका हुन् ।  शंकर थापा ’स्माइल’ले संगीतवद्ध गरेको यस गीतमा संदेश रुचालको संगीत संयोजन रहेको छ । 

muskan1.JPG
म्युजिक भिडियोमा बाध्यता र सामाजिक जिम्मेवारी भित्रको प्रेम कथा समेटिएको छ । भिडियोमा बिकाश लामिछाने र सिर्जना जिसी फिचर्ड छन् । अनिल कुमार मानन्धरको छाँयाकंन तथा दिन्शन शाहले  सम्पादन गरेको यो भिडियोलाई  सुरेन्द्र मल्ल ठकुरीले निर्देशनमा तयार पारिएको हो । 

muskan2.JPG

डश म्युजिक नेपालको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो । लामो समय देखि संगीत क्षेत्रमा आबद्ध गायक भण्डारीले यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन् ।
भिडियो लिंक

https://youtu.be/72HgiXFvYcg