बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

गायक किरण गजमेरको  ’किन मायामा’ सार्वजनिक

मंगलबार, बैशाख ७ २०७८

काठमाडौं ।  गायन रियालिटी शो ’द भोइस अफ नेपाल’मा आफ्नो गायिकी मार्फत धेरैको मन जित्न सफल गायक किरण गजमेरले आफ्नो नयाँ म्युजिक भिडियो ’किन मायामा’ सार्वजनिक गरेका छन् । 

2.JPG

हृदयस्पर्शी यमे गीतमा गोपाल लोहारको शब्द रहेको भने वसन्त सापकोटाको संगीत रहेको छ । यो गीतलाई  बिशम आचार्यले संगीत संयोजन गरेका हुन् । त्रिकोणात्मक प्रेम कथामा आधारित म्युजिक भिडियोमा जाइना कुँवर, प्रभात पल ठकुरी, सुष्मिता चौधरी र दिलीप केसीको अभिनय रहेको छ ।
श्याम तामाङ्गले छायांकन गरेको यो भिडियोलाई बिकाश दहालले सम्पादन गरेका हुन्।  श्याम लामा र काजी लिम्बुको सयुक्त निर्देशनमा भिडियो तयार पारिएको हो । गोलो प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो  सार्वजनिक गरिएको  हो । 
भिडियो लिंक

https://youtu.be/iNzpkJWu6f4

3.JPG